समाचार

प्रधानमन्त्री कप जेठ पहिलो सातादेखि



काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता यही जेठ एक गतेदेखि सुरु हुने भएको छ ।

काठमाडौँमा नेपालय इन्टरनेशनलले पत्रकार सम्मेलन गरी ५० ओभरको हुने प्रतियोगिता जेठ एकदेखि २४ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहनेछ ।  प्रतियोगिताको विजेता टिमले २० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता बन्ने टिमले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार नगद प्राप्त गर्नेछ ।

ब्याट्सम्यानले प्रहार गरेको छक्का दर्शकले एक हातले क्याच गरेमा ५० हजार नगद प्राप्त गर्नेछन् ।