समाचार

चरेशसहित एक जना पक्राउ



धादिङ, २३ बैशाख । धादिङको गजुरीबाट ४७ किलो चरेशसहित एक जना पक्राउ परेका छन् ।

सोमबार विहान १ बजे गजुरी गा।पा वडा नं १ सोतिखोला स्थित कच्ची सडक खण्डमा लागु औषध नियन्त्रण ब्युरो र कोटेश्वर काठमाडौँबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर DL 3 CAD 7081 को  ESTEEN VXI लेखिएको कारका चालक जयपृथ्वी न।पा ८ कैलाली स्थायी घर भई धनगढी उ।म।न।पा वडा नं ४ बस्ने प्रहरीले लागु औषधसहित काल्चे बोहोरालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरीले अफिम ९७८ ग्राम र खैरो रंगको प्लाष्टिक टेपले बेरी र्यापिङ गरी पोका पारिएको ४७ किलो चरेश बरामत गरेका थिए । चाललको साथमा रहेको सिमकार्ड मोबाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।