समाचार

एक्स्काभेटरमा आगलागी



सर्लाही, २३ बैशाख । बागमती नदीमा रहेको एक्स्काभेटरमा आगलागी भएको छ ।

सोमबार बिहान परिचय नखुलेका मानिसका समूहले नदीमा गिट्टीबालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको एक्स्काभेटरमा आगजनी गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

एक्स्काभेटरमा विप्लव नेतृत्वको नेकपा माओवादीले आगजनी गरेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।