Banner News

राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै हो : प्रधानमन्त्री ओली



काठमाडौँ, २३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै रहेको बताएका छन ।

सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ठुला ठुला नेताहरुले समेति ब्रिटिस महारानीको गन्ध आयो भन्नुलाई बौद्धिक दिवालियापन भएको बताए ।

उनले भने, राज्यको राज्य संयन्त्रको सर्वोच्च निकाय हो राष्ट्रपति । राष्ट्रपतिको मातहतमा राज्य र राज्यका सबै निकायहरु रहेका हुन्छन त्यसै कारणले त्यो सर्वोच्च पद बन्छ । जुन सरकार बन्छ त्यो  राष्ट्रपतिको सरकार हुन्छ । राष्ट्रप्रमुखको हैसियतले सरकार राष्ट्रपतिकै हो, जननिर्वाचित सरकारलाई राष्ट्रपतिले ‘मेरो सरकार’ भनेर अपनत्व दिन्छ ।’

राष्ट्रपतिको कुनै पार्टी नभएकाले ‘मेरो सरकार’ भन्ने प्रचलन रहेको बाताउदै उनले भने, प्रणव मुखर्जीै जिन्दगीभरी काग्रेसको राजनीतिक गर्नुभएको काँग्रेसबाटै उहाँ राष्ट्रपति हुनुभयो । अलिक पछि विजेपीको सरकार भयो । विजेपीको सरकार हुँदा पनि उहाँले संसदलाई सम्बोधन गर्दा ‘माइ गर्भमेन्ट’ नै भन्नुभएको थियो ।’

प्रधानमन्त्री ओलीले नेपालमा जन्मसिद्ध अधिकार पाएकाले मात्रै ‘मेरो सरकार’ भन्न पाउने तर जनताबाट चुनिएका जनप्रतिनिधिमा त्यो हैसियत हुदैन भन्ने सोच राख्नु सामन्ती चिन्तन भएको बताए ।