समाचार

ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु



धनकुटा, २४  बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिका–७ देउरालीमा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका सहिदभूमि गाउँपालिका–७ देउरालीबाट महालक्ष्मी नगरपालिका ४ चानुवा जाँदै गरेको को १ त ३०७० नम्बरको ट्रयाक्टर पल्टिदा सहिदभूमि गाउँपालिका–७ देउरालीका ट्रयाक्टरका सह चालक २२ वर्षीय ओम बहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टरका चालक जीवन परियार फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।