विश्व

प्रेम विवाह गर्न गएकी एक युवतिलाई बुबा र दाइले जिउँदै जलाए



एजेन्सी, २४ बैशाख । भारतमा एक युवतीलाई उनका पीता र दाइले मट्टितेल हालेर जिउँदै जलाएका छन् ।

मध्य प्रदेशको खन्डवा जिल्लाको खालवा तहसीलको ग्राम चैनपुरमा प्रमे विवाह गर्न गएकी एक युवतीलाई उनका पीता र दाइले मट्टितेल हालेर जिउँदै जलाएका छन् ।

प्रहरीका अनुसार १९ वर्षीया युवति लक्ष्मी बाई आफ्ना प्रेमी राजकुमार लौवंशीका घरमा गएकी थिइन् । त्यहाँबाट उनका बुबाले उनलाई घिर्सादै घर ल्याएका थिए ।

त्यसपछि उनका पीता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टितेल हालेर उनलाई जलाएरका हुन् । सोही क्रममा उनको मृत्यु भएको छ ।

जलाउने बुबा र दाइलाई प्रहरीले पक्राउ गरेको छ । उक्त  घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।