समाचार

आज देशभरको मौसम सामान्यतया सफा रहने



काठमाडौँ, २५ बैशाख । आज बुधबार देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुन कमजोर भएकाले देशभरी कै मौसम सफा हुने देखिए पनि बेलुकीपख पूर्वी पहाडी भेगको एक–दुई ठाउँमा आंशिक बदली भई मेघगर्जनसहित हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा बुधबार बिहानैदेखि घाम लागेको छ भने दिनभरि नै मौसम सफा रहने जनाइएको छ ।