विश्व

तेल ट्यांकरमा विष्फोट : ५५ को मृत्यु, ३७ घाइते



एजेन्सी, २५ बैशाख । नाइजेरियामा एक तेल ट्यांकरमा विष्फोट भएको छ ।

विस्फोटमा परी ५५ जनाको मृत्यु भएको छ भने ३७ जना मानिसहरु घाइते भएको जनाइएको छ । मानिसरुहरु पल्टिएको ट्रकबाट तेल निकालिरहेको बेलामा विष्फोट भएको र मानिसहरुको मृत्यु भएको अधिकारीले बताएका छन् ।

सीएनएनका अनुसार विष्फोट पश्चिम अफ्रिकी देशको राजधानी नियामेको विमानस्थलतर्फ आउने सडकमा आइतवार भएको हो ।