विश्व

समुद्रमा खसेको आइफोन ह्वेलले फिर्ता दियाे (भिडियाे सहित)



एजेन्सी, २५ बैशाख । समुन्द्रमा खसेको आइफोन मोबाइल ह्वेलले फिर्ता दिएको छ ।

गत सोमबार नर्वेस्थित ह्यामरफेस्ट हार्बरमा साथीसँग डुङ्गामा घुम्ने क्रममा इशाले आफ्नो मोबाइल समुन्द्रमा खसाएकी थिइन् । बेलुगु प्रजातिको ह्वेलले समुन्द्रमा खसेको इशा ओप्दाहलको आइफोन मोबाइल फिर्ता गरेको हो ।

डेलीमेलमा रखिएको ह्वेलले फोन फिर्ता गरेको भिडियो भाइरल अहिले बन्दै गएको छ । उक्त आईफोन पाएपछि इशाले भनेकी छन, ‘हामी सबै निकै चकित भएका थियौं । हामीले आँखाले देखेको कुरा पनि विश्वास गर्न सकिरहेका थिएनौं,’ उनले भनिन् । ‘म अत्यधिक खुसी भएँ । फोन फिर्ता पाएकोमा ह्वेलप्रति निकै आभारी छु ।’

भिडियो सार्वजनिक भएपछि उक्त ह्वेल रसियाली सेनाले जासुसीका लागि तालिम दिएको हुनसक्ने भन्दै धेरैले अनुमान गरेका छन् ।

भिडियाे