राजनीति

अस्थायी शिक्षकलाई फेरि मौका दिन सकिँदैन : मन्त्री पोखरेल



काठमाडौँ, २५ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकलाई फेरि मौका दिन नसकिने बताएका छन   ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले अस्थायी शिक्षकलाई पुनः परीक्षा नभइ सम्मानजनक बिदाइ गरिने बताउदै उनले भने, ‘लामो समयदेखि काम गर्दै आएको भन्ने आधारमा मात्रै अस्थायी शिक्षकहरुलाई शिक्षण पेशामा राख्न सक्ने अवस्था छैन’, ‘स्थायी हुनका लागि लिइएको मौका परीक्षामा असफल भएका वा परीक्षामा सहभागी नभएकाहरुले भने अनुसार पुनः परीक्षा गर्न सकिँदैन ।उहाँहरुलाई सम्मानजनक बिदाइ गर्नें हो ।’

अस्थायी शिक्षकलाई एक पटक परीक्षाको मौका दिएर असफल भएकालाई अनिवार्य अवकाश दिने गरी सरकारले शिक्षा ऐन पनि संशोधन गरेको थियो । यही विषय उल्लेख गर्दै शिक्षा मन्त्रालयका सचिव खगराज बरालले पनि कानुनअनुसार अस्थायी शिक्षकका लागि स्थायी गराउने गरी पुनः मौका परीक्षा लिन सक्ने अवस्था नरहेको बताए ।

यसअघि शिक्षक सेवा आयोगको २०७४ साल असार २९ र ३० गते अस्थायी शिक्षकलाई स्थायी हुने मौका प्रदान गर्नका लागि परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा उतीर्ण भएका अस्थायी शिक्षकहरु स्थायी भएका छन् । तर असफल हुने र परीक्षामा सहभागी नभएका अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी गर्नुपर्ने माग गर्दै पुन आन्दोलन सुरु गरेका छन् ।