राजनीति

पहुँचका आधारमा बलात्कारका घटना प्रहरीले मिलाउँछ भन्नु भ्रम हो : आईजीपी खनाल



काठमाडौँ, २५ बैशाख । प्रहरी महानिरीक्षक(आईजीपी)सर्वेन्द्र खनालले पहिलेको जस्तो पहुँच आधारमा बलात्कारका घटना प्रहरीले मिलाउँछ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षको उद्घाटन समारोहमा बोल्दै आईजीपी खनालले बलात्कार, अत्याचारका विषयमा प्रहरीले मिलापत्र गराउँछ भन्ने भ्रममा नपर्न आग्रह गर्दै प्रहरी संगठन भित्र कारबाही मात्र नभइ पुरस्कृत पनि गरिएको भन्दै राम्रालाई सम्मान पनि गर्ने संस्कारको विकास गरेको बताए ।

उक्त भवन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला समन्वय प्रमुख उद्धव केसी, डीआईजी दिपककुमार थापा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु लगायतको उपस्थित रहेको थियो ।