समाचार

बौद्धमा प्रहरी र स्थानीयबीच झडप



काठमाडौँ, २६ बैशाख । चाबहिल-बौद्ध-जोरपाटी सडकखण्डमा सडक पिचको माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् ।

स्थानीयहरुले बिहीबार सरकारले चार वर्षअघिदेखि शुरु गरेको सडक मर्मतको काम अलपत्र छाडेको बताउँदै  प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा स्थानीयले सडक बन्द गरेपछि स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अश्रुग्यास हानेपछि प्रतिकारमा स्थानीयले ढुंगा तथा इ‌ँटा प्रहार गर्दा झडप भएको हो ।