समाचार

त्रिभुवन विमानस्थलबाट अबैध मुद्रासहित भारतीय महिला पक्राउ



काठमाडौँ, २८ बैशाख । नेपाल वायुसेवा निगमको विमानबाट भारत जान लागेकी भारतीय महिला त्रिभुवन विमानस्थलबाट अबैध डलरसहित पक्राउ परेकी छिन ।

४४ वर्षीय वंदना सोनी भन्ने वंदना घनश्याम सोनीलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । विमानस्थल प्रहरी कार्यालयका अनुसार उनको साथबाट अमेरिकी डलर एक लाख बरामद गरिएको हो । उनी नेपाल एयरलाइन्सको उडान नं आरए २०१ बाट काठमाण्डौंबाट भारतको मुम्बइ जान लागेकी थिइन ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजश्वल अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाएको छ ।