समाचार

एक युवकले आफ्नै छातीमा गोली हानी प्रहरीलाई आफैले खबर गरे



काठमाडौँ, २८ बैशाख । मोरङमा २५ वर्षीय एक युवकले आफ्नै छातीमा गोली प्रहार गरि आफैले प्रहरीलाई खबर गरेका छन् ।

शुक्रबार राती मोरङको कटहरी गाउँपालिका—१ राजवंशीका अन्स सिंह भनिने रुपेश कामतले घरमा कोही नभएको बेला आफैमाथि गोली प्रहार गरेका उनले घाइते भएपछि प्रहरीलाई आफैले खबर गरेका छन ।

उक्त खबर थाहा पाउना साथ घटनास्थल पुगेको प्रहरीले उनलाई कोशी अस्पताल विराटनगर पुर्याएका उनलाई थप उपचारका लागि नोबेल अस्पताल लगिएको छ ।

घाइते युवकले पेस्तोल कहाँबाट ल्याए र के कारणले उनले आफैलाई गोली प्रहार गरे भन्ने नखुलेको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।