समाचार

तीन वर्षीया बालिका बलात्कार गर्ने शिक्षक पक्राउ



हेटौंडा, ४ जेठ । मकवानपुर जिल्लाको मनहरि गाउँपालिकास्थित एक निजी विद्यालयमा तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक शिक्षक पक्राउ गरेको छ ।

एलकेजीमा पढ्ने साढे ३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा मकवानपुरको मनहरि गाउँपालिका–६ का शिक्षक अमन लामालाई प्रहरीले बिहीबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ । २२ वर्षीय लामाले छात्रालाई स्कुलको शौचालयमा सोमबार बलात्कार गरेको पीडितको परिवारले बिहीबार इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

लामालाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।