समाचार

हात्तीको आक्रमणमा परी एक वृद्धाको मृत्यु



सिराहा, ४ जेठ । सिराहामा हात्तीको आक्रमणमा एक वृद्धाको मृत्यु भएको छ ।

शुक्रवार राति गोलबजार नगरपालिका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको हात्तीले किच्दा मृत्यु भएको हो । छिमेकीको घरबाट टीभी हेरेर सुत्न घर फर्कीरहेको बेला एक्कासी अगाडि परेको हात्तीले आक्रमण गर्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

हात्तीले गोलबजार नगरपालीका १ मुक्सारमा ऐतु लामाको र भुल्केमा अन्ते लामाको घर हात्तीले भत्काएको हो ।