समाचार

करेन्ट लागेर महोत्तरीमा एक जनाको मृत्यु



महोत्तरी, ५ जेठ । जिल्लाको सोनमा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

सोनमा गाउँपालिका–४, गुलरियाका १८ वर्षीय छोरा शंकर महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार आफ्नै घर नजिकै रहेको खेतमा मोटरबाट पानी लगाउने क्रममा अचानक मोटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।