सम्पादकीय

सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी



राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ ।

विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१ रसुवाका ३० वर्षे शेर ग्याल्चो घलेलाई मुद्दा दर्ता गरेको हो ।

घलेले चोरी पैठारी गरी ल्याएको सात किलो सुन र भन्सार तिर्नुपर्ने रकम गरी १७ करोड ७९ लाख ४० हजार रुपैयाँ माग दाबी गरी मुद्दा दर्ता गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।