समाचार

शंखमुलको मःम पसलमा आगलागी



काठमाडौँ, २८ जेठ । काठमाडौँको शंखमुलमा आगलागी भएको छ ।

मंगलबार दिउँसो ग्याँस लिकेजका कारण शंखमुस्थित शानदार मःम पसलमा आगलागी भएको हो ।

आगलागीमा परी उक्त मःम पसलमा कार्यरत एक कामदार जलेर घाइते भएका छन् । उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको बताइएको छ ।

काठमाडौँ र भक्तपुरका दमकलका साथै घटनास्थलमा अग्निनियण्त्रक र प्रहरीको सहयोगमा आगो नियन्त्रण आएको  र उक्त आगलागीबाट ३५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।