सम्पादकीय

प्रहरीविरुद्ध १९९ उजुरी



प्रहरीमा क–कसका विरुद्ध उजुरी पर्लान्रु सामान्यतया सबैको अनुमान हुन्छ चोर, फटाहा, डाँका, तस्कर तथा आपराधिक क्रियाकलापमा संलग्नविरुद्ध। नेपाल प्रहरीको एक तथ्यांक हेर्ने हो भने प्रहरीविरुद्धसमेत पनि उजुरी पर्ने गरेको पाइएको छ ।

प्रहरीको एक तथ्यांकले चालू आर्थिक वर्ष २०७५्७६ मा प्रहरीविरुद्ध नै १९९ वटा उजुरी दर्ता भएको देखाएको छ । नेपाल प्रहरीको उजुरी छानबिन शाखामा परेका निवेदनमध्ये चालू आर्थिक वर्षको हालसम्म प्रहरीसँग सम्बन्धित (प्रहरी विरुद्ध) मात्र १९९ वटा उजुरी दर्ता भएका हुन् । तीमध्ये ९२ वटा उजुरी फर्छ्योट भइसकेका छन् भने १०७ वटा उजुरीउपर छानबिन चलिरहेको छ ।

उजुरी छानबिन शाखाका डीएसपी कुलदीप चन्दले सेवाप्रवाहमा भएको ढिलासुस्ती, लेनदेनसहितका आचरण, पक्षविपक्षमा देखाएको निकटता, सीमावर्ती क्षेत्रमा प्रहरीबाट भएका बदमासी, क्रसर उद्योगमा देखिएका विवादलगायतका विषयमा प्रहरीकै विरुद्ध उजुरी आउने गरेको जनाए। ‘प्रहरीबाट काम कारबाहीमा भएका ढिलासुस्तीदेखि प्रहरीका आचारण, सीमामा देखिएका बदमासी, लेनदेनका विषयलगायतमा उजुरी आउने गरेको छ,’ शाखाका डीएसपी चन्दले राजधानीसँग भने । यसरी उजुरी आउँदा विभिन्न स्रोत अख्तियार, हेलो सरकार, गृहमन्त्रालय, ई-कम्प्लेन, हुलाक, बेनामेपत्रमार्फत आउने गरेको चन्दले जानकारी दिए। यो समाचार आजको राजधानी दैनिकमा छ ।