विश्व

अमेरिका हिँडेका २४ जना पक्राउ



एजेन्सी, १ असार । संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध व्यक्तिहरु पक्राउ परेका छन् ।

ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको  बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले जनाएको छ ।

प्रवक्ता कास्टिल्लोका अनुसार पक्राउ परेकामा ६ जना महिला र एक जना बच्चासमेत रहेको छ । पक्राउ परेकामध्ये २० जना हैटीका र चार जना गिनीका रहेका छन् ।

प्रहरीले पक्राउ गरिएका सबै आप्रवासीलाई ग्वाटेमालाको राजधानीस्थित अस्थायी शिविरमा ल्याइएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई नरोके अमेरिकी सहायता बन्द गर्ने चेतावनी दिएका छन् ।