राजनीति

कर्णाली प्रदेशद्वारा ३४ अर्ब ३५ करोडको बजेट प्रस्तुत



सुर्खेत, १ असार । कर्णाली प्रदेशद्वारा ३४ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेका छ ।

आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गर्नुभएको हो । कर्णाली प्रदेशमा चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार बजेट विनियोजन गरिएको छ । बजेटको स्रोतमध्ये आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य छ भने चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार छ ।

यस्तै संघीय सरकारबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने ७ अर्ब ४४ करोड ४३ लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटबाट आउने २ करोड ७४ लाख र सशर्त अनुदानबाट ५ अर्ब २७ करोड २७ लाख छ । समपुरक र विषेश अनुदानबाट १ अर्ब ८१ करोड २२ लाख अनुदान प्राप्त हुनेछ भने नपुग ७५ करोड आन्तरिक ऋणबाट जुटाइनेछ ।