बुटवल, १ असार । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा वैठकमा ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको वजेट प्रस्तुत गरेका हुन् । कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको छ । गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको वजेट थियो ।
बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई रकम विनियोजन भएको छ । प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ ।
तर सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ । बजेटमा संसद विकास कोष समावेश गरिएको छैन ।
पूर्ण बिबरण हेर्न तलको link हेर्नु होला
प्रतिक्रिया दिनुहोस्