समाचार

बुद्व एयरको सन्ध्याकालिन उडान स्थगित हुने



काठमाडौँ, ५ असार । बुद्व एयरको सन्ध्याकालिन उडान स्थगित हुने भएको छ ।

यात्रु अभावका कारण शुक्रबारबाट काठमाडौंका लागि बुद्ध एयरले सन्ध्याकालिन उडान हटाइने भएको छ । बुद्ध एयरले हाल दुई उडानमा काठमाडौंका लागि ४० यात्रु पाएको इन्चार्जले बताएका छन् ।

सुर्खेतबाट उडान भइरहेको बुद्व एयरको सुर्खेत-काठमाडौं उडान हटाइने भएको हो । बुद्ध एयरका सुर्खेत इन्चार्जका अनुसार यात्रु अभाव भएपछि उडान शुरु भएको केही दिनमै हटाउन बाध्य भएको छ ।