समाचार

शंखपार्कमा एक पुरुषको शव फेला



काठमाडौँ, २४ वैशाख । काठमाडौँको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जका अनुसार आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको हो । पुरुषको पहिचान हुन सकेको छैन । स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे । अहिले प्रहरी घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।