समाचार

बस एकापसमा ठोक्किएर दुर्घटना, २० जना घाइते



चीतवन, ७ असार । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् ।

शनिबार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ३०९९ नं को बस आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउँन बाँकी छ ।