समाचार

जिप र टिपर ठोक्किँदा एक महिला घाइते



गुल्मी, ९ असार । गुल्मीमा जीप र टिपर ठोक्किँदा एक महिला घाइते भएकी छन् ।

सोमबार बिहान अर्खलेमा दोहोलीबाट यात्रु बोकेर तमघासतर्फ आउँदै गरेको लु १ ज १९५९ नम्बरको जीप र टिपर ठोक्किएर दुर्घटना हुदा  ईस्मा गाउँपालिका–४ का सिता रिजाल घाइते भएकी हुन ।

घाइते रिजालको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।