समाचार

सारीकाे पासाे लाएर आत्महत्या



सिरहा, ९ असार । सिरहामा एकजना महिलाले सारीको पासो लाएर झुण्डिएर आत्महत्या गरेकी छिन् ।

शनिबार सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर घर भएकी २५ वर्षीया सुमनदेवी ठाकुरलाई मोबाइल चोरीको आरोपमा  लहानबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय महेशबारीको हिरासतमा पठाएको थियो ।

आइतबार बिहान  महिला  थुनुवा सँगै जोडिएको शौचालयको भेन्टिलेसनको रडमा साडीको पासोमा झुन्डिएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरी उपरीक्षक  उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राख्न ठाउँ नभएको कारण ठाकुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयको थुनुवामा पठाइएको एसपी चतुर्वेदीले बताए ।

उक्त घट्नाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।