समाचार

अटोको ठक्करबाट साइकलयात्रीको मृत्यु



विराटनगर, १२ असार । मोरङमा अटोको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

बिहीबार दिउँसो पथरी शनिश्चरे नगरपालिका–९ स्थित भित्री सडकमा विपरीत दिशातर्फ गइरहेको साइकललाई  २ह३६८५ नम्बरको अटोले ठक्कर दिँदा कानेपोखरी गाउँपालिका–६ का ६५ वर्षीय कविचन्द्र बुढाथोकी मृत्यु भएको हो ।

ठक्करबाट घाइते बुढाथोकीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।