समाचार

दुई माइक्रोबस ठाेक्किदा १७ जना घाइते



काठमाडौँ, १७ असार । काठमाडौँमा दुई माइक्रोबस ठोक्किदा १७ जना घाइते भएका छन ।

आज बिहान सिनामङ्गलमा गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा १३ पुरुष र चार महिला छन् । घाइतेमध्ये दुई गम्भीर रहेको र उनिहरुको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 दुवै सवारीसाधनलाई नियन्त्रणमा लिईु थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।