विश्व

काबुलमा भिषण विस्फोट हुदा ३४ जनाको मृत्यु



एजेन्सी, १७ असार । आफगानिस्तानमा शक्तिशाली बम विस्फोट हुदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

सोमबार राजधानी काबुलमा बम विस्फोट हुदा  ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको र अन्य ६८ जना घाइते भएका छन् ।

टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

आक्रमण भएको यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएका र पत्रकारहरुलाई समेत यस इलाका जानका लागि अनुमति नदिएको समाचारमा जनाइएको छ ।   घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।