समाचार

पोखरीमा डुबेर दुई बालकको मृत्यु



तनहुँ, १७ असार । तनहुँमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो म्याग्दे गाउँपालिका-२ जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर सोही ठाउँका सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतक बालक दाजुभाइ हुन्, उनिहरु विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनिहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।