समाचार

घूससहित इन्जिनियर पक्राउ



पोखरा, १७ असार । पोखराबाट घूससहित एक जना इन्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अख्तियार पोखराको टोलीले खानेपानी योजनासँग ४ लाख रुपैयाँ घूसलिदै गरेको अबस्थामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजाका आठौँ तहका इन्जिनियर ओसी अख्तर महम्मदलाई पक्राउ गरेको हो ।

खानेपानी योजनाको भुक्तानी गर्ने क्रममा महम्मदले उपभोक्तासँग उक्त रकम माग्दै आएका थिए । खानेपानी योजनाका लागि चेकमार्फत भुक्तानी भइसकेको रकमबाट उनले घूस मागेका थिए ।

घुससहित पक्राउ परेका इन्जिनियरमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।