समाचार

कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु



कैलाली, २ साउन । कैलालीको घोडाघोडी नगरपालिका–१ मा सडकमा रहेको चौपायासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै एक जना घाइते भएका छन् ।

बिहीबार बिहान १ बजे म ७ प १३४७ नम्बरको मोटरसाइकल सडकमा रहेको चौपायासँग ठोक्किँदा मोटरसाइकलमा पछाडि बस्ने घोडाघोडी नगरपालिका–४ का २६ वर्षीय अशोक चौधरी रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका ३० वर्षीय प्रेम चौधरीलाई थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज बाँके ल्याइएको छ ।