समाचार

गोली लागेर एक जनाको मृत्यु



डोटी, १९ साउन । डोटी आदर्श गाउँपालिका – ५ तल्लो डाडावनमा जनावर धपाउन हानेको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार आदर्श गाउँपालिका– ५ का ५० वर्षीय जंगे भुलले हानेको गोली लागेर यही ठाउँका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

शनिबार राति करिब पौने ११ बजेको समयमा सलामी डाडावनमा आएका जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।