समाचार

अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै



काठमाडौँ, ५ जेठ । काभ्रेपलाञ्चोकका करिब १८ हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइने भएको छ ।

तत्कालीन अवस्थामा खोप आपूर्ति बन्द भएकाले पोलियोविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई यही जेठ १३ गतेदेखि दुईहप्ते अभियानमा खोप लगाउन लागिएको हो ।

विसं २०७३ जेठदेखि २०७५ भदौसम्म नेपालमा सुईमार्फत लगाइने पोलियोविरुद्धको खोप (आइपिभी) आपूर्ति बन्द हुँदा उक्त सङ्ख्याका बालबालिका खोपविहीन बन्न पुगेका जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्ला खोप समन्वय समितिका सदस्य–सचिव एवं जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपतिका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई अभियान सञ्चालन गरी जेठ १३ गतेदेखि २६ गतेसम्म ‘फुल–डोज’का रुपमा खोप लगाइने छ ।