समाचार

सडक कार्यालयका कम्प्युटर अपरेटर घुससहित पक्राउ



कास्की, २१ साउन । सडक डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल घुस रकम सहित पक्राउ परेका छन् ।

पौडेलले वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले उनीहरुलाई कार्यालय परिसरबाटै पक्राउ परेको हो ।

‘घुस मागेको सूचनाका आधारमा अख्तियारको टोली कार्यालय पुगेको थियो,’ अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले भन्नुभयो, ‘उनीहरुलाई परिसरबाटै पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको छ ।’