समाचार

पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला



चितवन, २१ साउन । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

मृतक पुडासैनी सोमबार दिउँसो ३ः३० बजेको समयमा सो होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र आवाज नदिएपछि राती १० बजे प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हालै मात्र माउण्टेन टिभीमा प्रवेश गरेका थिए ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।