समाचार

आगलागीबाट ५० लाख बराबरको क्षति



मोरङ, २१ साउन । मोरङको लेटाङ नगरपालिका-६ मा भएको आगलागीमा परी तीन घर जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।

मंगलबार बिहान मेशबहादुर विकको भान्सा घरबाट अचानक आगलागी सुरू भएको थियो । छिमेकी ठोलप्रसाद मगर र भक्तबहादुर राईको २/२ तले घर तथा घरभित्र रहेको सम्पूर्ण समान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, बारुणयन्त्र तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।