समाचार

महिलाको गहना लुटपाट गरी हत्या प्रयास गर्ने दुई जना पक्राउ



झाङ, २२  साउन । महिलाको गहना लुटपाट गरी हत्याको प्रयास गर्ने दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

थलारा गाँउपालिका-५, हाट घर भएकी २२ वर्षीया विमला ओलीको गहना लुटपाट गरी हत्याको प्रयास गर्ने सोही गाँउपालिका-६ का प्रेम कठायत र सौरभ चौहानलाई प्रक्राउ गरेको हो ।

आरोपित दुवै जना मिलेर सोमबार बेलुका साढे पाँच बजे पीडित विमला ओलीले कानमा लगाएका गरगहना लुटपाट गरी हत्याको प्रयास गरेको बताइएको छ । लुटपाटपछि दुवै जनाले उनको घाँटीमा टिनको पाता तथा रेडबुलको क्यानले रेटेर मार्ने प्रयास गरेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।