समाचार

बस दुर्घटना हुँदा १४ जना घाइते



काठमाडौँ, २२  साउन । बस दुर्घटनामा परी दाङमा १४ जना घाइते भएका छन् ।

मंगलबार तुलसीपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ६४३१ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नं. १० गुर्जेखोलामा ओभरटेक गर्ने क्रममा बस पल्टिएर १० मिटर तल खसेर दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । उक्त बसको चालक भने फरार रहेको र उनको खोजी कार्य  भएको  प्रहरीले जनाएको छ ।