समाचार

सवारी दुर्घटना हुदा एक जनाको मृत्यु



कैलाली, २२ साउन । कैलालीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार राति धनगढी उपमहानगरपालिका–१३ राजपुरमा धनगढीतर्फ जाँदै गरेको से ७ प १४६८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको से ५ प १४१८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा २७ वर्षीय सुरज कुवँरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।