समाचार

बुहारीको हत्या आरोपमा सासु, ससुरा पक्राउ



सप्तरी, २२ साउन । सप्तरीमा गर्भवती बुहारी हत्याको आरोपमा सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ कि गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा आफ्नै सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुहारीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।