समाचार

आजको मौसम



काठमाडौँ, २९ साउन । आज बुधबार काठमाडौँसहित देशका मनसुनी न्यूनचापीय क्षेत्र नेपालभन्दा तल भएकाले धेरै ठाउँमा बिहानै चर्को घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौँको बिहानको तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाडौँको तापक्रम ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले थोरै ठाउँमा ठूलो र केही ठाउँमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ ।

देशका धेरैजसो ठाउँमा बुधबार दिनभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । बुधबार राति पनि देशका धेरैजसो ठाउँमा सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्हरुको पूर्वानुमान छ ।