अर्थ

घट्यो सुनचाँदीको मुल्य



काठमाडौँ, २९ साउन । आज बुधबार सुनचाँदीको मुल्य घटेको छ ।

आज सुन तोलामा ७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७० हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।