अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २० वैशाख । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २ हजार रुपैयाँले बढ़ेर प्रतितोला एक लाख ३४ हजार ५ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।