Banner News

अब नेकपा सुदृढ एकतासहित राष्ट्रलाई हाँक्ने पार्टी बन्छ : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेकपा सुदृढ एकतासहित राष्ट्रलाई हाँक्ने पार्टी बन्ने बताउनुभएको छ ।

राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा उहाँले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको भन्दै अब यसलाई सुदृढ गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ पार्टी एकता त सम्भव नै भन्थे हामीले गर्‍यौं । तर हेर्दै जानुहोला अब सुदृढ एकतासहित राष्ट्रलाई हाँक्ने पार्टी बन्नेछ ।’

अध्यक्ष प्रचण्डले अब एकता सुदृढ नभए देश सफल नहुने र कम्युनिस्ट आन्दोलन पनि सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ यसो (पार्टी एकता) नगरेको भए बरु कहिँ न कहिँ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ, सबै विकल्प सकेर हामी सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बर्बाद हुने हो कि भन्ने चिन्ता छ ।’