समाचार

एक महिलाद्वारा चौथो तलाबाट हाम्फालेर आत्महत्या



काठमाडौँ, १ भदौ । काठमाडौँ सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छन् ।

शनिबार बिहान साढे ८ बजेतिर केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी तनहुँकी ३८ वर्षाीया दिलमाया गुरुङले हाम्फालेर आत्महत्या गरेकी महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीले अनुसन्धानका लागि उनका परिवारका सदस्यलाई नियन्त्रणमा लिएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।