समाचार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



काठमाडौँ, १ भदौ । दाङ्गमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

शनिवार दिउँसो लमही नगरपालिका–९ पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा१प ११३१ नम्वरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना३च ३४०३ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–५ धर्ना बस्ने ४२ वर्षीय विनोद बस्नेत र नेपालगञ्ज उपमहानगरपालिका–४ कारकादोका ४५ वर्षीय रमेश बस्नेतको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।