समाचार

विद्युत् उत्पादन बढ्दै माग घट्दै, यस्तो छ तथ्य



काठमाडौँ, १ भदौ । नौ वर्षपछि अर्थात् २०८५ सालभित्र आन्तरिक विद्युत् खपत १० हजार मेगावाट पुर्याउने सरकारको लक्ष्य छ । नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपणकै आधारमा पनि १६ सय मेगावाट नाघ्नुपर्ने हो । तर अहिलेको विद्युत्को माग हेर्ने हो भने १३ सय मेगावाट पनि पुग्न सकेको छैन ।

शनिबारको विद्युत् माग १२५७ मेगावाट मात्रै छ। अर्को वर्ष विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिडमा झण्डै २२ सय मेगावाट बराबरको विद्युत् उपलव्ध हुन्छ । तर, विद्युत्को माग भने पछिल्लो समय निरन्तर घटिरहेको छ ।

आव ०७२/ ०७३ मा १२८५ मेगावाट, आव ०७३ /०७४ मा १४४४ र आव ०७४ /०७५ मा १५०८ मेगावाट पुगेको विद्युत् माग गत आवमा भने घटेर १३२० मा झरेको छ। याे समाचार आजको कारोबार दैनिकमा छ ।